बल्ल बन्ने भो सुन्दरबजारका भूकम्प पीडितहरुको घर

लम्जुङ- भूकम्पले भत्किएको घर बनाइदिने आशामा बसेका लमजुङ सुन्दरबजारका पीडितहरुलाई अब भने राहत मिलेको छ ।

सरकारी सहयोगबाट बञ्चित यी भूकम्प पीडितको घर बनाउने जिम्मा गैर सरकारी संस्थाले लिएपछि उनीहरुले अब नयाँ घर पाउने भएका हुन् ।

सुन्दरबजार नगरपालिकामा मात्र च्वाईस ह्युमेनिटेरियन नेपालले एल डिएससिको आर्थिक सहयोगमा ६७ वटा घर निर्माण गर्ने कार्यको शिलान्यास गरेको छ । भूकम्पले घर निर्माण गर्न नसकेका सुन्दरबजार नगरपालिका भित्रका अति विपन्न, एकल महिला तथा गरिबहरुको समुदाय भित्रका ६७ वटा घर निर्माण गर्ने भएको हो ।

घर निर्माण कार्यको थालनी बलिथुमबाट भएको छ । स्थानीयहरु ४ वर्ष सम्म अनेकौं प्रयास गर्दा पनि पैसाको अभावमा घर बनाउन नसकेकोमा संस्थाले बनाई दिने भएपछि आफ्नो चिन्ता हटेको बताउँछन्।

प्रति घर निर्माणका लागि ३ लाख ७५ हजाररुपैयाँ खर्च संस्थाले व्योहोर्ने छ । यस हिसाबले कूल २ करोड ५१ लाख २५ हजार रुपैयाँ खर्च हुने संस्थाका डाइरेक्टर प्रतीक शर्माले जानाकारी दिनुभयो ।

देशका विभिन्न समुदायमा कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, आयआर्जन, स्वरोजगार लगायतका क्षेत्रमा काम गर्दै आएको च्वाईस ह्युमेनिटेरियन नेपालले सुन्दरबजार नगरपालिकाका विभिन्न गाउँबस्तीमा भूकम्प पीडित तथा विपन्न परिवारका लागि घर र विद्यालय निर्माण गर्दै आएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.