विराटनगर किंग्समाथि चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ।

चितवनले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो ।

विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी ४ विकेट लिए । ४ ओभर बलिङ गरेका कमल २६ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।

चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए । १३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङमा आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले ।

रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.