रसुवागढी नाका जोड्ने सडक अबरुद्ध

रसुवा- वर्षासँगै आएको पहिरोले सडक भासिएपछि रसुवागढी नाका जोड्ने एक मात्र सडक अवरुद्ध भएको छ ।

बर्षायाम सुरु भएसँगै रसुवागढी नाका जोड्ने सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि सडक अबरुद्द भएको हो । रसुवाको पासाङ ल्हामु सडक खण्ड अन्तर्गत धुन्चे–स्याफ्रुबेसी खण्डको भार्खु डाँडामा भासिएको सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय नुवाकोटले स्काभेटरको प्रयोग गरी काम सुरु गरेको छ ।

सडक डिभिजन कार्यालय नुवाकोटले भासिएको सडकमा कुनाबाट नयाँ ट्रयाक खोल्ने काम सुरु गरेको हो । करिब पचास मिटर सडक भासिएको क्षेत्रमा तार जालीको प्रयोग गरी ग्याभिन समेत लगाउनु पर्ने भएकाले दोहोरो आवत जावत गर्न करिब एक साता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक पहिरोकै कारणअसारको अन्तिम साताबाट बन्द भएको छ । नाका जोड्ने सडक अवरुद्ध हुँदा अहिले नाकाबाट सामान लिएर गन्तव्यमा जान लागेका कन्टेनरहरु बिचमै रोकिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.