दुर्घटनामा हवल्दारको निधन भएपछि सडकमा एसपी (फोटो फिचर)

चितवन–
धेरै सवारी नहाक्नुहोस्

कोरोना छ सुरक्षित तवर माक्सको प्रयोग गर्नुहोस्

दुर्घटना हुनै नदिन के गर्न सकिन्छ तपाईंहरुले पनि ध्यान दिनुहोस्

यस्तै सन्देश दिँदै ब्यस्त पूर्वपश्चिम राजमार्गका सवारी चालकलाई चेतना भर्न केही दिनदेखि चितवन प्रहरीका प्रमुख एसपी नान्तीराज गुरुङ निस्किनुभएको छ । उहाँको साथमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट पनि हुनुहुन्छ ।

केहि दिन अघि मात्रै आफ्नै सहकर्मी हवल्दार सवारी दुर्घटना परेर मुत्यु भएपछि गुरुङ र भट्ट सडकमा देखिन थाल्नुभएको हो ।

चितवनमा रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन एसपी गुरुङ नै फिल्डमा उत्रनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले गतसालको माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना २०७६ लागू गरि रात्रिकालिन सवारी चेकजाँच सुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.