‘सटडाउन’ भनेको ‘लकडाउन’ होइन, कुन–कुन सेवा बन्द हुन्छन् ?

काठमाडौं– उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम वृद्धि हुँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन् । सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै रुपमा बुझेका छन् । त्यो होइन ।

जिल्ला प्रशासन कार्यालयले आफूले प्रदान गर्ने सेवाहरुमात्रै कटौती गरेका हुन् । प्रशासन कार्यालयले दिने नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहतदानी वितरण, नाबालिग परिचयन पत्र वितरणजस्ता सेवा बन्द गरिएका छन् ।

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् सम्बन्धी कार्य भने यथावत् रहन्छन् ।

आफ्नो कार्यालयको चाप घटाउन प्रशासन कार्यालयहरुले यस्तो निर्णय गरेका हुन् । अन्य कार्यालयले भने आफ्ना सेवा कटौतीबारे निर्णय स्वयं आफै गर्नेछन् । नागरिक सचेत हुने, स्वास्थ्य सजगता नअपनाउने हो भने लकडाउनको अवस्था आउन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.