दुई चिकित्सक सहित आठ जना पर्साबाट संक्रमण मुक्त

पर्सा- पर्सामा कोरोना संक्रमण मुक्त भएका ८ जना डिस्चार्ज भएका छन् । वीरगन्ज नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना भएकामध्ये एक महिला सहित ८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि गएराती डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा नारायणी अस्पतालमा कार्यरत दुई जना चिकित्सक समेत रहेको अस्थायी कोभिड उपचार केन्द्रका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँले दुई पटकसम्मको पिसिआर रिर्पोट नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको बताउनुभयो ।

संक्रमणमुक्त भएकाहरुलाई दुई साता सम्म घरमै आइसलेसनमा बस्‍न सुझाव दिइएको चिकित्सकहरुले बताएका छन् । पर्सामा हालसम्म एक सय ६५ जना महिला र ७ सय २८ जना पुरुष सहित ८९३ जना संक्रमित भएका छन् भने हालसम्म १९४ जना संक्रमण मुक्त भई घर फिर्ता भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.