भारतमा फेरि एक कोरोना अस्पतालमा आगलागिः १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- भारतको विजयवाडास्थित एउटा नीजि अस्पतालमा भएको आगलागीमा परी १० जना विरामीको मृत्यु भएको छ । घटनाका २० भन्दा बढी घाईते भएका छन् ।

कोभिड-१९ उपचार केन्द्रमा परिणत गरिएको होटलमा आज विहान एक्कासी आगो लाग्दा सो दूर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अस्पतालमा करीब ५० जना कोभिड-१९ का विरामी उपचाररत् थिए । समाचार अनुसार धेरैजसो विरामीको मृत्यु निस्सासिएर भएको थियो। घटनाको प्रारम्भिक जाँचले विद्युत सर्ट  भएका कारण आगलागी भएको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.