बीपी स्वास्थ्य प्रतिष्ठानमा तालाबन्दी

सुनसरी- सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
यहाँ स्थापना गरिएको कोभिड-१९ अस्पताल सञ्चालनलगायतको माग गर्दै नेपाली काँग्रेस निकट नेपाल तरुण दल धरान र स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन ।

बीपी प्रतिष्ठानले वैशाख ११ गते कोभिड १९ अस्पताल सञ्चालन गर्ने भन्दै उद्घाटन गरेको थियो । तर, हालसम्म सञ्चालनमा नआउँदा कोभिड १९ बाट संक्रमित बनेका बिरामीहरू समस्यामा परेको भन्दै तालाबन्दी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

धरानमा मात्रै १० जना कोरोना संक्रमित अहिले घरमै बसिहरेका छन् । यस्तो बेलामा पनि कोभिड अस्पताल सञ्चालनमा आएको छैन ।

प्रतिष्ठानका पदाधिकारी यस्तो जटिल अवस्थामा पनि सिनेट बैठक भन्दै काठमाडौ गएको भन्दै उनीहरुले आक्रोस पनि ब्यक्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.