युवाका रचनात्मक भिजन सरकारले ग्रहण गर्छः प्रधानमन्त्री (भिडियोसहित)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरुका रचनात्मक भिजनलाई सरकारले ग्रहण गर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली युवाहरुका भिजन अन्य मुलुकका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो । ‘सृजनात्मक र राम्रा भिजनलाई नेपाल सरकारले पनि ग्रहण गर्दछ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले युवाहरुका लागि खडा भएका संस्थाले रचनात्मक कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
६० प्रतिशत जनशक्ति क्रियाशील रहेको भन्दै त्यसमा ४० प्रतिशत युवाहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले देशभित्र युवाहरुलाई सहभागी गराइने जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्