बुटवलमा आजदेखि लकडाउन

बुटवल– कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आज राती देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आज रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि हिजोबाट २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आर्चायले जानकारी दिनुभयो ।

लकडाउनको अवधिमा राजमार्गमा चल्ने लामो दुरीका सवारीका साधनलाई सञ्चालन गर्न दिइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.