नेकपा विवाद मिलनको सुत्र खोज्दै दुई अध्यक्ष

बालुवाटारमा दुई अध्यक्षबीच झण्डै तीन घण्टा छलफल

काठमाडौं– स्थायी कमिटीको बैठक सुचारु गर्ने विषयमा मतभेद भएपछि रोकिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पुनः छलफल प्रारम्भ भएको छ ।

स्थायी कमिटी बैठक स्थगित भएको ९ दिन पछाडि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ । ‘लगभग दुई घण्टा बस्नुभयो,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपालटीभी अनलाइनसँग बिहीबार भन्नुभयो, ‘दुई अध्यक्ष एक्लाएक्लै बैठकमा रहनुभएको थियो ।’

एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिहीबार पछाडिका पाँच दिनभित्रै सहमति हुने विश्वास दिलाउनुभएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिपछि विवादको समाधान निस्कने अपेक्षा पार्टीका नेता कार्यकर्ताले गरेका छन् ।

दुई अध्यक्षबीच गत साउन १८, १९ र २० गते वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बैठक बसेको थियो । तर, दुवै पक्ष अडानमा कायम रहेकाले सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.