कालिकोटको महावैस्थित नख्खुमा पहिरोमा परी ६ जनाको मृत्यु
कालिकोट- घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका वडा नं.-३ नख्खुमा एकै परिवारका चारजना गरी ६ जनाको मृत्यु भएको छ ।
गएराति महाबै गाउँपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विष्टका २ छोरा २ छोरी र उहाँका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १९ वर्षीया शान्ति, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन र १० वर्षीया रेखा बिस्ट रहेको डिएसपी ओलियाको भनाई छ ।
उहाँकाअनुसार घटना भएको स्थानमा प्रहरी परिचालन गरिएको छ । कालिकोटमा यसअघि बाढी र पहिराबोट १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका थिए ।-






प्रतिक्रिया राख्नुहोस्