मिसियादद्वारा रिसिङमा खाद्यान्न वितरण

काठमाडौं– औद्योगिक तथा व्यवसायिक संघ (मिसियाद) टर्कीको सहयोगमा तनहुँको रिसिङमा खाद्यान्न वितरण गरिएको छ ।

एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठको पहल र नेकपा नेता कमल दानीको समन्वयमा शनिबार खाद्यान्न वितरण गरिएको हो । गण्डकी प्रदेशका आर्थिम मामिला मन्त्री किरण गुरुङले निम्न आय भएका सय परिवारलाई खाद्यान्न वितरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरप्रसाद आचार्य, जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल, नेकपा केन्द्रीय सदस्य मदन आले, अनेरास्ववियुका जिल्ला सहसंयोजक रमाकान्त पोखरेल, युवा संघका नेता कमल ढकाल, कमल गैरे, शुक्लगण्डकी नगरपालिकाका वडाअध्यक्ष दीर्घ थापा, हरि कँडेललगायतको उपस्थिति थियो ।

मिसियादले गत साता सिरान्चोक गाउँपालिका वडा नम्बर ५ स्थित धर्मावती र कृष्णज्योती माविका १ सय ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.