बाढीले पुल बगाएपछि गोरखा मनास्लु र लार्केपास पदयात्रामा रोक

गोरखा -गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा बाढीका कारण चुमनुब्री गाउँपालिका–४ र वडा नं २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने मार्गमा पर्ने बुढीगण्डकी नदीको झोलुङ्गे पुल बगाएपछि पदयात्रा मनास्लु पदयात्रामा रोक लगाइएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गर्दै पुल बगाएकाले मनास्लु तथा लार्केपास पदयात्रा नगर्न नगराउन भनेको हो ।
बाढीले चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले स्थानीय आवागमनमा प्रयोग हुँदै आएका पुलहरू बगाएको छ। पुल बगेसँगै उक्त क्षेत्रमा आवतजावत तथा पदयात्राका क्रममा थप जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रशासनले तत्कालका लागि पदयात्रा नगर्न आग्रह गरेको छ।
मनास्लु पदमार्ग अथवा लार्कपास पदमार्गको यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्न र नगराउन सूचनामार्फत अनरोध गरिएको कार्यालयले जनाएको छ । त्यस्तै कुनै पनि विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा इकाइ, प्रहरी चौकी, स्थानीय तह तथा प्रशासनले उपलब्ध गराएका सम्पर्क नम्बरमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.