पाकिस्तानमा हिन्दू लगायतका अल्पसंख्यक माथिको विभेद रोक्न नेपाली काँग्रेसको आग्रह

काठमाडौं- नेपाली काँग्रेसले पाकिस्तानमा हिन्दू, बौद्द लगायत अन्य अल्पसंख्यक धर्मावलम्बीका बिरुद्दमा भएका हिंसा र विभेदका घटनाहरु रोक्न पाकिस्तान सरकारसँग आग्रह गरेको छ ।

नेपाली काँग्रेस तरुण विभागले आज एक विज्ञप्ती जारी गर्दै व्यक्तिले आफ्नो धर्म संस्कृतिको निर्वाध उपभोग गर्न पाउने नैसर्गिक अधिकारका विरुद्धमा भएका हिंसाजन्य र विभेदका घटनाहरु गम्भीर प्रकृतिका भएको उल्लेख गरेको छ ।

विभागका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा भनिएको छ – “मानव सभ्यताको सूचकको रुपमा रहेको धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा पारस्परिक भाइचाराप्रति पाकिस्तानका न्यायप्रेमी जनता र पाकिस्तान सरकार प्रतिवद्ध रहेकोप्रति कुनै शंका गर्ने ठाउँ छैन । पवित्र इस्लाम धर्मले मानवता र अहिंसालाई उच्च महत्व दिँदै आएको छ । यस परिवेशमा शान्ति र सह-अस्तित्वमा विश्वास गर्ने पाकिस्तानी जनता र पाकिस्तान सरकारसँग हिन्दू तथाअन्यअल्पसंख्यक समुदायको धर्म संस्कृतिप्रति भएका अतिक्रमण, विभेद एवं हिंसाको नियन्त्रण गरी सवै पाकिस्तानी नागरिक देशमा उत्तिकै सुरक्षित छन् भन्ने सुनिश्चितता प्रदान गर्न का लागि अनुरोध गर्दछु ।”

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.