ताजाँकोटमा ठूलो क्षति, लगातारको वर्षाले ३०० घरधुरी विस्थापित

हुम्ला- जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी लगातारको वर्षाले विस्थापित भएका छन् । अविरल वर्षाका कारण ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ ।

वर्षाले ३०० मध्ये ३० घरमा बढी क्षति पुगेको छ । वडा नं ३ र ४ मा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालयसमेत भत्काएको छ ।

चन्द्रप्रकाश मावि भदालदीपु, जनप्रकाश निमावि काडागाउँ, रामदेव निमावि रामागाउँमा रहेका तीन विद्यालय भवनमा एक महिना लगातार परेको अविरल वर्षाले क्षति गरेको छ ।

यस्तै उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ । अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.