बेलारुसको बिरोधमा नयाँ माग

बेलारुस- बेलारुसको सरकारी टेलिभिजन स्टेसन अगाडि हजारौंको संख्यामा मानिसहरु भेला भएर विवादस्पद राष्ट्रपतीय निर्वाचनमा भएको विरोध पदर्शनको पूरा समाचार प्रसारण गर्न माग गरेका छन् ।

विपक्षी समर्थकहरुले टीभी स्टेसन अघि उभिएर सर्वसाधारणलाई सत्य तथ्य देखाउ भन्ने संकेत लेखिएका ब्यानर बोकेका थिए । गत ९ अगस्टमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एलेक्सजेन्डर लुकासिन्को पुनः भारी मतका साथ विजयी भएको घोषणा गरे लगत्तै विरोधमा हजारौं मानिसहरु सडकमा आएका हुन् ।

बेलारुसको सरकारी टेलिभिजनले शुरुमा सरकारी विरोधी प्रदर्शनको समाचार सम्प्रेषण नगर्ने नीति लिएको थियो । निर्वाचन परिणाम आए लगत्तै चौतर्फी रुपमा निर्वाचनमा धाँधली भएको भन्दै चर्को विरोध भइरहेको छ ।

बेलारुसको केन्द्रीय निर्वाचन आयोगले सन् १९९४ देखि सत्तामा रहेका राष्ट्रपति लुकासिन्को ८० प्रतिशत मत प्राप्त गरेको र प्रमुख प्रतिपक्षी उम्मेद्वार सिभेटलाना टिक्हानोभ्सकायाले १० प्रतिशत मत प्राप्त गरेको जनाएको छ ।

प्रतिपक्षी उम्मेद्वार टिक्हानोम्सकायाले मत गणाना नै धाँधलीपूर्ण भएको आरोप लगाउँदै राम्रोसँग गणना भएमा आफूले ६० देखि ७० प्रतिशत मत प्राप्त गर्ने दाबी गर्नुभएको छ । निर्वाचनको दिन सरकारी टेलिभिजनले वर्तमान राष्ट्रपतिका समर्थकको मात्रै समाचार प्रसारण गरेको थियो ।

साथै सरकार विरोधी प्रदर्शनको फुटेज देखाएर मतदातालाई मतदानमा जान रोक लगाएको भन्दै समाचारलाई अतिरञ्जित रुपमा प्रसारण गरेको थियो । समाचार कभरेजका विषयमा विमति जनाउँदै कयौं पत्रकारहरुले सो टेलिभिजनबाट राजिनामा दिएका छन् ।

युरोपियन युनियनले बेलारुस विरुद्ध नयाँ प्रतिबन्ध लगाउन सहमत भएको छ । यसै गरी संयुक्त राज्य अमेरिकाले पनि बेलारुसमा स्वतन्त्र र निष्पक्ष निर्वाचन नभएको जनाएको छ । यसै गरी तीन वटा बाल्टिक देशहरुले बेलारुसमा पुनः निर्वाचनको माग गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.