समस्या पनि हामी नै हौं, समाधान पनि हामी नै : पोखरेल (भिडियोसहित)

काठमाडौं– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन भएपछि विवाद समाधान हुनेमा पार्टी पंक्ति विश्वस्त बनेको नेताहरुले बताउनुभएको छ । पार्टीका दुबै अध्यक्षको सहमतिमा विवाद समाधान कार्यदल गठन भएपछि पार्टीभित्र देखिएका समस्या समाधान हुनेमा विश्वास बढेको उहाँको भनाइ छ ।

‘समस्या पनि हामी नै हौं, समाधान पनि हामी नै हौं,’ नेपाल टेलिभिजनसँग कुरा गर्दै उहाँले आइतबार भन्नुभयो, ‘अब विवादहरु सुल्झन्छन् ।’ दुई अध्यक्षले कार्यदल गठन गरिसकेकाले अब कार्यदलले ल्याएको प्रस्ताव दुई अध्यक्षले अध्ययन गरेर स्थायी कमिटी बैठकमा प्रस्ताव ल्याउने पोखरेलको भनाइ छ । पोखरेल नेकपा सचिवालय सदस्यसमेत हुनुहुन्छ ।

विद्यमान राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति र पार्टी एकताको आवश्यकतालाई मध्यनजर गरी अध्यक्षद्वयको सहमतिमा गठित कार्यदलले काम सुरु गरेपछि समस्या समाधानको बाटोमा अघि बढेको उहाँको भनाइ छ । पार्टी एकतालाई अक्षुण्ण राख्दै जनादेश अनुरुप पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउन भन्दै पार्टीका दुबै अध्यक्षको सहमतिमा गत शुक्रबार कार्यदल गठन भएको हो ।

कार्यदलले पार्टीभित्रका समस्यालाई सूक्ष्म रुपमा केलाएर समाधानका उपाय सहितको प्रतिवेदन छिट्टै तयार गरी पेश गर्नेछ ।

पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा पार्टी स्थायी कमिटी सदस्य भीम रावल,सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहनु भएको छ ।

https://youtu.be/7htGPSboSIQ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.