म्यान्चेस्टर यूनाइटेडलाई एकका विरुद्ध दुई गोलले हराउँदै सेभिला यूरोपा लिगको फाइनलमा

ईन्टरमिलान र सख्तर डोनेस्कबीच आज राति अन्तिम सेमिफाइनल खेल हुँदै

काठमाडौं- स्पेनिश क्लब सेभिला युएफा यूरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा इङ्लिश क्लब म्यान्चेस्टर यूनाइटेडलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेभिलाले फाइनलमा स्थान पक्का गरेको हो ।

यूनाइटेडले खेलको नवौँ मिनेटमा ब्रुनो फर्नानडिशले पेनल्टीमार्फत् प्रहार गरेको गोलबाट अग्रता लिएको थियो । तर २६ औं मिनेटमा सेभिलाका सुसोले गोल फर्काएपछि खेल बराबरीको स्थितिमा पुगेको थियो ।

पहिलो हाफ बराबरीमा टुङ्गिएपनि दोस्रो हाफको ७८ औं मिनेटमा सब्सिट्युट खेलाडीका रुपमा मैदान छिरेका लुक डे जोङले गोल गरेपछि सेभिला विजयी बन्न पुग्यो । यूनाइटेडले जारी फुटबल सिजनको सेमिफाइनलमा पुगेर ‍पराजय व्यहोरेको यो तेस्रो पटक हो ।

अब आज राति हुने अन्तिम सेमिफाइनलमा ईटालियन क्लब इन्टर मिलान र यूक्रेनी क्लब शख्तर डोनेस्कबीच खेल हुँदैछ। उक्त खेल नेपाली समयानुसार १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

सेभिलाले ईन्टर र शख्तर डोनेस्कबीचको खेलको विजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेभिलाले यूरोपा लिगको उपाधि अन्य क्लबभन्दा सबैभन्दा धेरै- पाँच पटकसम्म जितेको छ । लिगको फाइनल खेल आगामी शुक्रबार हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.