अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमित र मृतकको संख्या बढ्दो
काठमाडौं- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो समय भेटिएका कोरोना संक्रमितहरु प्रायः सबै बाहिरबाट फर्किएर क्वारेन्टिनमा रहेकाहरु रहेको पाइएको छ ।
होटेल क्वारेन्टिनमा रहेका यात्रुहरुले होटेलका गार्डहरुलाई समेत अनुपयुक्त सल्लाह दिएको अनुसन्धानका क्रममा भेटिएको छ । अस्ट्रेलियन संचार माध्यमहरुका अनुसार गार्डहरुले साढे १ मिटरको सामाजिक दूरी कायम गरे मास्क लगायत अन्य प्रकारका सुरक्षा सावधानी अपनाउनु नपर्ने बताएको जनाएका छन् ।
भिक्टोरियामा दोस्रो चरणको संक्रमण फैलिन शुरु गरेपछि हालै त्यहाँ पुनः लकडाउन गरिएको छ । मेलबर्नमा गत अगस्ट २ देखि ६ हप्ताका लागि चौथो चरणको प्रतिबन्ध लगाइएको छ ।
सोमबार मात्रै भिक्टोरियामा कोरोना संक्रमणका कारण २५ जनाभन्दा बढीको मृत्यु भएको छ भने २ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । यो भिक्टोरियामा कोरोनाको महामारी शुरु भएयताकै एकै दिनमा भएको सबैभन्दा उच्च संक्रमण र मृत्युदर हो ।
विगत केही दिनदेखि विश्वमा कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा संक्रमण दर र मृत्यु दर दुबैमा नै कमी आएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ३९ हजारको हारारारीमा नयाँ संक्रमित थपिए ।
यसैगरी ब्राजिलमा पनि वितेको २४ घन्टामा २३ हजार नयाँ संक्रमित थपिए । यी दुबै मुलुकमा दैनिक संक्रमण ५० हजारभन्दा बढी हुने गरेको थियो । भारतमा भने दैनिक संक्रमण अझै पनि ५४ हजारभन्दा माथि नै रहेको छ । विश्वमा हालसम्म २ करोड २० लाखभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।-
प्रतिक्रिया राख्नुहोस्