काँग्रेस नेता गिरीको निधन

काठमाडौं- नेपाली कांग्रेस नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का उपसभापति ३८ वर्षीय सुवाषचन्द्र गिरीको आज निधन भएको छ । ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

नेपाली काँग्रेसले स्वर्गीय गिरीको निधनले एक सफल व्यवसायी र पार्टी एक कुशल व्यक्तित्वलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गिरीको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको शोक बक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय गिरीले सक्रिय भूमिका निर्वाह गर्नु भएको उल्लेख छ ।

यसैगरी नेपाली कांग्रेस शिक्षा विभागका सदस्य पर्सा जिल्ला निवासी प्रमोदकुमार गुप्ताको पनि आज निधन भएको छ । उहाँप्रति पनि कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.