काभ्रेमा मृतकका परिवारका ७ जनामा कोरोना संक्रमण

थप ६ स्वास्थ्यकर्मी संक्रमित

काभ्रे- धुलिखेलमा कोरोना संक्रमणका कारण निधन भएका धुलिखेलका ९८ बर्षीय बृद्धका परिवारका ६ जना र एक आफन्तमा कोरोना संक्रमण देखिएको छ ।

बृद्धको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परिक्षण गरिएका मध्ये २ छोरा, २ छोरी, एक बुहारी, एक नातिनी र आफन्तमा कोरोना संक्रमण देखिएको हो ।

मृतकका अर्का एक छोरा बुहारीमा कोरोना सक्रमण पुष्टी भइसकेको छ ।यसका साथै धुलिखेल अस्पतालका थप ६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

यसअघि संक्रमण पुष्टी भएकाको प्रत्यक्ष सम्पर्कमा आएका मध्ये थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो ।

संक्रमित बढ्दै गएपछि धुलिखेल नगरपालिकाले बजार क्षेत्र सिल गरेको छ । वडा नं ७ का ९८ बर्षीय बृद्धको मृत्यु भएको, सोही परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको र स्वास्थ्यकर्मी समेत संक्रमित पाएपछि बजार क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले जनाएको छ ।

प्रत्यक्ष सम्पर्कमा आएको अन्यको पनि स्वाब संकलन भइरहेको छ ।

जिल्ला कमाण्ड पोष्टले सेवाग्राहीको भीड बढी भएको भन्दै मालपोत, नापी र आन्तरिक राजस्व कार्यलय काभ्रेको सेवा अर्को सूचना जारी नहुञ्जेलका लागि बन्द गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म ९३ जनामा संक्रमण पुष्टी भएको छ । २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.