बुटवलमा संक्रमणको जोखिम बढ्दै

९६ जना संक्रित

रुपन्देही- बुटवल उपमहानगरपालिकामा मात्रै कोरोना भाइरस कोभिड- १९ बाट संक्रमितको संख्या ९६ जना पुगेको छ ।

बुटवल उपमहानगरपालिकाका ५ जना कर्मचारीसहित उनीहरुका परिवार र उपमहानगरका १९ वडाका वडा न ७, १५ र १८ मा बाहेक सबै वडामा कोरोना संक्रमण रहेको जनस्वास्थय शाखाका प्रमुख कुन्दनकुमार सिहले जानकारी दिनुभयो ।

कोरोना पाजेटिभ देखिएकालाई नगरपालिकाले दिएको मापदण्डमा बसेको खण्डमा बिभिन्न प्रकारका रोग विरुद्दमा लड्न सहयोग पुर्‍याउने औषधी बितरण गरिएको नगर प्रमुख शिबराज सुबेदीले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएकाहरु कोही होम कवारेन्टिन र कोही आइसोलेसनमा बसेका छन् ।

पोजेटिभ देखिएको ठाउँमा स्वाब संकलन र कन्ट्याक ट्रेसिङ गरिएको उपमहानगरले जानकारी दिएको छ ।

बुटवलमा कोरोनाको संख्यामा बृद्धि भएसँगै साउन ३० गतेबाट भाद्र ५ गतेसम्मका लागि लकडाउन गरिएको छ ।

केही अत्याबश्यकबाहेक सबै पसल र सवारी साधन हिँडडुल गर्नमा रोक लगाएको भएपनि पसल बन्द भएका छन तर निजी सवारी अत्याधिक चलेको हुँदा लकडाउन प्रभाबकारी हुन नसकेको जनागुनासो छ ।

कोरोना संक्रमण बढेसँगै बुटवल उपमहानगरपालिकाले अत्याबस्यक बोहेक अन्य सेवा प्रदान नगर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.