तीन राजदूत सिफारिस

काठमाडौं– सरकारले तीन देशमा राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तपस अधिकारी पाकिस्तान र रामजकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलनमा राजदूत सिफारिसबारे जानकारी दिनुभएको हो ।
सिफारिस गरिएकाहरुको संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।






प्रतिक्रिया राख्नुहोस्