राष्ट्रकविप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्विटर मार्फत राष्ट्रपति भन्डारीले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा राष्ट्रकविले पुर्याउनुभएको योगदानलाई स्मरण गर्नुभएको छ ।

राष्ट्रपति भन्डारीले शोकविह्वल परिवारमा समवेदना समेत व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनुभएको छ ।

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने उल्लेख गर्नुभएको छ ।।

यो पनि पढ्नुहोस् ।

https://nepaltvonline.com/wp-admin/post.php?post=5311&action=edit

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.