मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ, ९ मङ्सिरः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो ।
निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.