आज हरितालिका तीज, सुनसान शिवमन्दिर (भिडियोसहित)

काठमाडौं- आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादीदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
विवाहित नारीहरुले अटल सौभाग्यको श्रीमानको दीर्घायुको कामना गर्दै तीज मनाउने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तीजको दिन महिला दिदिबहिनीहरुले निराहार व्रत बसी भगवान शिवजीको पूजा आराधना गर्ने गरिन्छ ।
तर यसपटक कोरोना महामारीका कारण विगतमा झै चहलपहल भने हुन सकेको छैन । कोरोनाका कारण मन्दिरहरुमा विगतमा झै भक्तजनको घुइचो त्यति छैन ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमान्डौ उपत्यका सहित देशका प्राय विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण घर घरमै तीज मनाउन आग्रह सरकारले पनि गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्