विराटनगर र बुटवलमा १/१ जना कोरोना संक्रमितको मृत्यु

मोरङ- आइसोलेशन वार्डको अभावमा होम आइसोलेशनमा बसेका एक जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं. ६ का ४५ बर्षीय पुरुषको गए राति आफ्नै घरमा होम आइसोलेशनमा बसेको बेला मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

उनलाई मधुमेह रोग रहेको जानकारि प्राप्त भएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रमा ७ सय ४५ जनालाई कोरोना संक्रमण पाइएकोमा ३ सय ३१ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

विराटनगर महानगरपालिका आफैले मारवाडी सेवा सदन, बैजनाथपुर स्वास्थ्य चौकी र काली सेवा सदनमा १ सय शैयाको आइसोलेशन केन्द्र बनाएको छ ।

यसैगरी, बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालको आइसियूमा उपचारका क्रममा रहेका प्युठान जिल्ला स्वर्गद्धारी–७ का ६४ बर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिकित्सक डा. सुदर्शन थापाले बताउनु भयो ।

बिगत लामो समयदेखि उच्च रक्तचाप र निमोनयाको उपचार गराइरहेका उनलाई गत भदौ १ गते कोरोना पोजेटिभ देखिएपछि कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।

डा. थापाका अनुसार बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा २० जना आइसोलेशनमा, ११ जना आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.