बिमाका लागि दश लाख भन्दा बढीको निवेदन

काठमाडौं- कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनु परेको हो ।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ । यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए । –

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.