खोटाङमा झाडापखालाका विरामीमा समेत कोरोना

खोटाङ– खोटाङमा झाडापखालाका विरामीमा समेत कोरोनाको संक्रमण भएको पाइएको छ । जिल्ला अस्पताल खोटाङमा रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।
पखाला र ज्वरोले सिकिस्त भएपछि उनलाई भदौ २ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालको इमर्जेन्सी र जनरल वार्डमै राखिएकाले अन्यलाई तथा स्वास्थ्यकर्मीलाई समेत संक्रमणको जोखिम रहेको जिल्ला अस्पतालका डाक्टर शैलेश श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुको स्वाव सङ्कलन गरेर परीक्षणमा पठाइने डाक्टर श्रेष्ठको भनाइ छ । अस्पतालमा आकस्मिक र प्रसुति बाहेक अन्य सेवा बन्द गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्