उपत्यकामा ६ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ ।
यसबारेमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको हो ।
छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्नेबारेमा छलफल गरी सहमति भएको फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।
शहरी विकास मन्त्रालयले व्यबस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको छ । उहाँका अनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ ।-





प्रतिक्रिया राख्नुहोस्