धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

सुनसरी- धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मोरङ बेलबारी नगरपालिका वडा नं. ५ की ५६ वर्षीया महिला र झापा दमक नगरपालिका वडा नं. ३ का ८३ वर्षीया पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

अत्यधिक खोकी, स्वास प्रश्वासमा समस्या देखिएका उनीहरुमध्ये बेलबारीकी महिलालाई भाद्र ९ गते कोरोना पोजेटिभ पाइएको थियो भने झापा दमकका पुरुषलाई भाद्र ३ गते कोरोना पोजेटिभ पाइएको थियो । उनीहरुको मृत्यु आज बिहान करिब ३ बजे भएको हो । उनीहरुको शव व्यवस्थापन गर्ने कार्य भईरहेकेा छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.