संघीय निजामती सेवा विधेयक सदनमा पेश गर्न स्वीकृत प्रदान

काठमाडौँ- सरकारले संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८३ संघीय सदनमा पेश गर्न स्वीकृत दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले विधेयक संघीय सदनमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारो यस निर्णयसँगै सँग अब विधेयक अध्यादेश भन्दा पनि संसदीय प्रक्रियाबाट अघि बढ्ने निश्चित भएको छ । यस्तै बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरि पदस्थापना समेत गरेको छ ।
यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारले दिने २० मिलियन भन्दा बढी अमेरिकी डलर बराबरको अनुदान साहयता स्वीकार गर्ने निर्णय समेत गरेको सरकार प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्