कोरोना लक्षण देखिएका विरामी बोक्न छुट्टै एम्बुलेन्स

विराटनगर- मोरङमा ज्वरो आएका तथा कोरोनाको जस्तो लक्षण देखिएका विरामीहरु बोक्नकै लागि दुई दर्जन एम्बुलेन्स सञ्चालन गरिएको छ ।

ज्वरो आएका विरामीहरु बोक्न एम्बुलेन्सले आनाकानी गर्ने गरेको गुनासो आउन थालेपछि कोरोनाको लक्षण देखिएका विरामी बोक्न प्रत्येक स्थानीय तहमा एम्बुलेन्स नै छुट्याइएको संयुक्त एम्बुलेन्स चालक संघ मोरङका अध्यक्ष चन्द्र पराजुलीले जानकारी दिनुभयो । मोरङका १७ वटै पालिकाहरुमा एउटा देखि तीनवटा सम्म एम्बुलेन्सहरु छुट्याइएको छ । कोरोनाको जस्तो लक्षण नभएका विरामीहरुलाई भने जुनसुकै बेला एम्बुलेन्स सेवा दिने गरिएको छ । तर केही विरामीहरुले ज्वरो आएको भएपनि ढाट्ने गरेकोले कहिलेकाही समस्या हुने गरेको एम्बुलेन्स चालकहरुले बताएका छन् ।

मोरङमा १ सय १९ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । पीपीइ, पंजा र मेडिकेटेड मास्क लगायतको सुरक्षा सामग्री नभएकाले सबै किसिमका विरामीहरु बोक्न गाह्रो भएको र असुरक्षित भएको एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् । मोरङका एम्बुलेन्स चालकहरुलाई केही महिना अगाडि एक सय थान पिपिई सेट राष्ट्रिय आविष्कार केन्द्र, सामाजिक विकास मन्त्रालय तथा केही संघसंस्थाहरुले दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.