एम्बुलेन्स दुर्घटना : २ को ज्यान गयो, २ जना घाईते

स्याङ्जा- स्याङ्जामा आज बिहान एउटा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ-५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका चापाकोट ९ का ३२ वर्षीय किष्ण भनिने भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको उपचारका क्रममा मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र पबित्रा पोख्रेल घाइते भएका छन् । घाइतेहरुलाई गण्डकी मेडीकल कलेज पोखरा पठाइएको छ ।-

तस्वीरः सुशिल सुवेदी

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.