८९९ संक्रमित थपिए, उपत्यकामा मात्रै २९८

काठमाडौं– बितेको २४ घण्टामा देशभर ८ सय ९९ जना संक्रमित भएका छन् ।

११ हजार १ सय २९ जनाको कोरोना पीसीआर परीक्षण गर्दा ८ सय ९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या २ सय ९८ रह्यो । काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित भए ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.