४ वर्षीया बालिकासहित नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको पनि ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ वर्षीय र भक्तपुरमा ७७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.