संखुवासभामा ७ प्रहरी सहित थप ९ जनामा कोरोना पुष्टि

खाँदबारी- संखुवासभामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २२, २२, २३, २५, २७ र ४१ वर्षका ६ जना पुरुष प्रहरीमा कोनोना संक्रमण भएको छ भने प्रहरी कार्यालयकै क्यान्टिनमा कार्यरत २२ वर्षीया महिला र खाँदबारी क्वारेन्टाईनमा रहेका २० र २६ वर्षका पुरुष २ सहित ९ जनामा जनस्वास्थ्यप्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

खाँदबारी क्वारेन्टाइनमा रहेका २ जना संक्रमितहरु एक साता अघि बुटवलबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको र संक्रमित पुष्टि भएकाहरुको सम्पर्कमा आएका सबैको खोजी गर्ने कार्य प्रारम्भ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसअघि संखुवासभामा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने ९ जनाको सदरमुकाम खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.