धनकुटामा सोमबारबाट निषेधाज्ञा कडाइ

धनकुटा- धनकुटामा सोमबारबाट निषेधाज्ञा कडाइ गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि आइतबार राति १२ बजेदेखि १७ गते राती १२ बजेसम्म निषेधाज्ञा कडाइ गर्ने स्थानीय प्रशासनको निर्णय अनुसार निषेधाज्ञा कडाइ गरिएको हो। निषेधाज्ञा कडाइ गरेसँगै बजारमा हिंडडुल गर्न र सवारी चलाउन बन्देज गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो। शनिबार धनकुटामा एकैदिन अहिलेसम्मका बढी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमा प्रहरी १३ जना, टेलिकमका कर्मचारी ४ जना, बैंकका कर्मचारी १ जना र व्यापारी १ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाको संक्रमण थप फैलन नदिन निषेधाज्ञा कडाइ गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिनुभयो।

बैठकले बजार पसल खुल्ने समय परिवर्तन गरेको छ। अब बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पसल मात्र खुल्ला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिमलीले जानकारी दिनुभयो। यसअघि धनकुटामा बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सम्पूर्ण पसल खुल्ला हुँदै आएका थिए। यस्तै बैंक तथा बित्तिय संस्था र सरकारी कार्यालयहरुले सकेसम्म अनलाइन प्रणालीबाट काम गर्ने तथा अनलाइनबाट सम्भव नहुने सरकारी कार्यालयका अत्यावश्यक काम ५० प्रतिशत कर्मचारी उपस्थित भएर मात्र कार्यालयबाट गर्ने पनि निर्णय भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.