अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म कैद १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

एसिड प्रयोग गरी ज्यान मारेको वा अंङ्गभंग गरेको वा शारिरिक क्षति पुर्याएको मुद्वा जहिले जुनसुकै वेला दर्ता भएको भएपनि अदालतले पहिलो प्राथमिकतामा राख्नुपर्ने छ । त्यसैगरी अध्यादेशमा समाजिक संजालको प्रयोग गरी कसैले एसिड कसुर पीडितको नाममा सहयोग लिन पाउने छैन ।

अनुदानको नाममा कुनै नगद किसिमको नगद जिन्सी लिए तिन महिनासम्म् कैद पाँचहजार रुपैया सम्म जरिवानको ब्यवस्ता गरिएको छ । त्यस्तै एसिड एव रासायानीक पदार्थको नियमन तर्फ जारी अध्यादेशमा भने एसिड वा अन्य राशानिक पदार्थको उत्पादन निकसी पैठारीका लागि मन्त्रालयबाट र विक्रि वितरण गर्न लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने ब्यवस्था गरिएको छ । १८ बर्ष उमेर पुरा नभएको ब्याक्तीलाई एिसिड वा अन्य घातक रासायनीक पदार्थ विक्रि वितरण गर्न वा निशुल्क वितरण गर्न पाइने छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.