पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम – गए रातिको भिषण वर्षापछि पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

इलामको रोङ गाउँपालिका कोलबुङ खण्डमा पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सयौं यातायातका साधन अलपत्र परेका थिए ।
गाउँ पालिकाको पहलमा डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि पाँचथरबाट उपचारका लागि एम्बुलेन्समा झापातर्फ लाँदै गरेका एक बालकको मृत्यु भएको छ ।
समयमै अस्पताल नपुगेकाले उनको मृत्यु भएको जनाइएको छ ।

यता रोङ ६ बन्सुवा निवासी बल बहादुर राईको घर पहिरोले बगाएको छ । उनको परिवार बेलुकै स्थान्तरण भएको ले सुरक्षित रहेको गाउँपालिकाले जनाएको छ ।

मेची राजमार्गसहित अन्य भागमा समेत पहिरोले क्षति पुर्‍याएकाले क्षतिको विवरण आउन बाँकी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.