इन्द्रजात्राले अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गरेको छ- प्रम ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्रा जस्ता पर्वले अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने र यस्ता पर्वहरु साँसकृतिक पूँजी भएको उल्लेख गर्नुभएको छ । उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना बक्तव्य दिनुहुँदै विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वब्यापी महामारी कोभिड– १९ सामना गर्नुपरेकोले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ- प्रधानमन्त्रीले भन्नुभएको छ । प्रधानमन्त्रीले सन्देशमा “समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ । यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न हामी अग्रसर छौं” भन्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.