नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मंगलबार दिएको जानकारी अनुसार महोत्तरीमा एक जना ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार पर्सामा तीन, काठमाडौंमा दुई र सिरहा, बारा, चितवन र मकवानपुरमा एक एक जना पुरुषको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्