कपिलबस्तुमा नयाँ आइसोलेशन भवन निर्माण

कपिलबस्तु- कपिलबस्तुको शिवराज नगरपालिकाले २ महिनामा आइसोलेसन सेन्टरको नयाँ भवन निर्माण गरेको छ ।

आइसोलेशन भवनको नगरपालिकाका मेयर नेत्रराज अधिकारी र प्रदेश सासंद अर्जुन कुमार के. सीले संयुक्त रुपमा उद्धाटन गरेका हुन ।

आइसोलेसन सेन्टर उद्धाटन भएसँगै त्यहाबाट हुने सेवा सुचारु भएको छ । सुरुमा ३० वटा बेडको आइसोलेसन बनाउने भनिए पनि अहिले आइसोलेसन सेन्टरमा २० वटा बेड राखिएका छन ।

आइसोलेसन कक्षमा बिरामीका लागि ६ वटा सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीको छुट्टै वार्ड, स्टोर ,आइसियु बेड पनि राखिएको शिवराज नगरपालिकाका प्रमुख अधिकारीले जानकारी दिनुभयो।

प्रदेश सासंद केसी ले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य भए महामारी र विपत्तीको सामना गर्न सकिने बताउनु भएको थियो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.