राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित मंगलबार नौ जना कन्याको पूजाअर्चना गर्नुभएको हो।

बडादसैँका अवसरमा नवदुर्गाका स्वरूपका रूपमा नौ जना कन्याको पूजा गर्ने परम्परा छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाउनुका साथै उपहारसमेत प्रदान गर्नुभएको थियो।

दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.