२४ घण्टामा थपिए ११२० संक्रमित, उपत्यकामा ३ सय ८८ जनामा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा महिला ३२० र पुरुष ८०० जना गरी ११२० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय ८८ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय ५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३ सय ९० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.