उपत्यकाको निषेधाज्ञा एक साता थप

काठमाडौं– काठमाडौं उपत्यकामा १५ दिनदेखि जारी निषेधाज्ञा एक साता थप भएको छ ।

गृह मन्त्रालयको सुझावका आधारमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । भदौ ३ गतेदेखि सुरु गरिएको निषेधाज्ञा भदौ १० गते पुनः थप गरिएको थियो ।

अत्यावश्यक सेवासँगै थप केही व्यवसायलाई भने सुरक्षा सर्तकता अपनाउँदै सुचारु गर्ने अनुमति दिइएको छ । तीनवटै प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार विकास निर्माण पसलसँग सम्बन्धित छोटो दुरीका ढुवालाई दिउँसो २ देखि साँझ ७ बजेसम्म खुला गरिएको छ ।

पीसीआर नेगेटिभ भएका व्यक्तिहरुबाट टेक अवे सेवा, अनलाइन सेवा, क्वारेन्टाइनमै राखेर ठूला आयोजनाका कामहरु, अनलाइन कक्षालगायतका सेवाहरुलाई खुला गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.