स्काउट, चिकित्सक संघ र हिसानले स्वास्थ्यकर्मीका लागि चलाए निःशुल्क बस

काठमाडौं– नेपाल स्काउट, नेपाल चिकित्सक संघ, र हिसानको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागि निःशुल्क बससेवा सुरु गरेका छन् ।

उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताक लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणको संख्या अत्याधिक बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बससेवा सुरु गरिएको हो ।

स्काउट र हिसाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँगको छलफलपछि निःशुल्क बस सुरु गर्ने निर्णय गरेका हुन् ।

अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि मंगलबारदेखि बस सुरु गरिएको हो । सुरुमा तीनवटा बसले बिहान साढे ६ र साढे बजेसम्म र बेलुका साढे ५ र साढे ७ सम्म सेवा दिनेछन् ।

बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ । यसैगरि तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ ।

बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.