ढोरपाटनमा गएको बाढीमा बेपत्ता भएका मध्ये ११ जनाको शव प्राप्त (भिडियोसहित)

काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढीमा बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ ।

बाढीका कारण ३७ जना अझै बेपत्ता भएका छन । बेपता भएकाहरुको खोजी कार्य जारी रहेको बाग्लुङका प्रहरी प्रमुख शारदाप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

अविरल वर्षासंगै भूजिखोलाको सीर देउरालीमा ठुलो पहिरो गएको छ । पहिरोका कारण आएको बाढीले ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा जनधनको क्षति गरेको हो ।

बाढीका कारण लाकुरीबोट, सुकुरदुङ दुने पधेरा घट्टबोट र भुसुन्डेमका धेरै जना सम्पर्क बिहिन धएका छन ।

बाढीले, लाकुरीबोटमा ११ घर, दुने पधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर बगाएको छ, भने सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।

साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगे पुलसमेत बगाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.