कोरोना संक्रमणबाट ९२ वर्षीया बृद्धासहित ६ जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बितेको २४ घण्टामा ९२ वर्षीया बृद्धासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र २ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तनहुँकी ९२ वर्षीया बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यसैगरी चितवनकी ४० महिला, भक्तपुरकी ४० वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ जना पुगेको छ । नेपालमा संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.